काठमाडौं । प्रधानमन्त्री निवासका लागि सरकारले बालुवाटार परिसरमा महल निर्माण गर्ने भएको छ ।
आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि भव्य महल बनाउन लागेको हो भन्ने खबर आजको कारोबार दैनिकले छापेको छ ।
अहिले संरचना अपुग भएको निष्कर्शसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषद्बाट स्वीकृतिसमेत पााइसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छाबमोजिम बालुवाटारमा नयाँ भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालय स्रोतले जनाएको छ ।