प्रधानमंत्री ओली, ‘ पिडा भोगेर यहाँ कार्यक्रम गरि राख्नु जरुरी हुँदैन ‘ !

फाइल फोटो

काठमाडौँ, हिजो आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको जानकारी पाएपछि प्रधानमंत्री के.पी ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला भ्रमणमा निस्किएका हुन् ।

उनले घाइतेहरुको उपचारको प्रबन्ध मिलाइसकेको बताएका छन् ।  उनले झापाको दमक नगरपालिकामा पशुपंक्षी हाट बजार उद्घाटन कार्यक्रममा संक्षिप्त बोल्दै गर्दा हावाहुरीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले भने, ‘ पीडा भोगेर यहाँ कार्यक्रम गरिराख्नु जरुरी हुँदैन। म हावाहुरीबाट क्षति पुगेका बारा, पर्सामा स्थलगत हेर्न जाँदै छु । भूमरी परेर आँधी आएको रहेछ। घाइतेहरुको राम्रो उपचारको प्रबन्ध गर्न भनेको छु । ‘

उनले राजधानी काठमाडौं र छिमेकी जिल्लाहरुबाट बारा र पर्सामा स्वास्थ्यकर्मी पठाइएको बताउँदै भने, ‘ राहत र सहयोगका लागि सबैलाई परिचालित हुन मैले आग्रह गरिसकेको छु । पार्टीका कार्यकर्ता, विभिन्न संघसंस्थालाई । प्रदेश नम्बर २ मा मन्त्रिपरिषद बैठक बसेर राहत घोषणा गर्न पनि भनिसकेको छु । ‘

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया