काठमाडौँ, स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउत र सरकार बीच ११ बुँदे सहमति भएको छ । आज शुक्रबार राष्ट्रियसभा गृहमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओली र राउतले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
आजको सहमति कार्यक्रममा आफ्नो भनाई राख्दै गर्दा प्रधानमंत्री के. पी. ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेरा समूहको संज्ञा दिएका छन् । आज शुक्रबार स्वतन्त्र मधेस गठवन्धन र नेपाल सरकारबीच भएको सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ नभइ लुटेर समूह रहेको बताएका छन् ।
प्रधानमंत्री ओलीले विप्लवले आफ्नो पार्टीको नामको अगाडी नेकपा राखेर ‘नेकपा’ शब्दकै बेइज्जत गरेको बताएका छन् । यस्तो लुट्ने संमुहले नेकपाको नाम बेचेको कति पनि नसुहाएको बताएका छन् । उनले, ‘राज्य छ राज्यको काम भनेको शान्ति र सुरक्षा कायम गर्ने हो त्यो जसरी पनि गर्छ । कसैको मुख हेर्दैन त्यसैले समयमै बुद्धि पुर्याएर शान्तिको बाटोमा हिड्न आग्रह गर्दछु’ भन्दै चेतावनी समेत दिएका छन् ।