काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।
उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । यस्तैमा राजपा नेपालका महासचिव तथा प्रदेश सांसद मनिष सुमनकी छोरी आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने जति रकम बारा–पर्सामा आएको हावाहुरीका पीडितलाई दिने भएकी छिन् ।
१० वर्षीया आराध्याले बुधबार आफ्नो जन्मदिनको अवसरमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट जम्मा गर्ने भएकी हुन् ।
जन्म दिनको उपलक्ष्यमा खर्च हुने १९–२० हजारमा थोरो थप गरेर २१ हजार रुपियाँ उनले बुधवार जम्मा गर्ने उनका वाबु मनिष सुमनले बताए ।