काठमाडौँ, स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउत र सरकार बीच ११ बुँदे सहमति भएको छ । आज शुक्रबार राष्ट्रियसभा गृहमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओली र राउतले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
आजको यस सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै के. पी. ओलीले सि. के. रावतलाई पुष्प कमल दाहाल (प्रचण्ड) जस्तै नेता भनेका छन् । उनले रावतमा पनि प्रचण्ड जस्तै निर्णय क्षमता भएका नेता भनेका हुन् । उनले थप्दै प्रचण्डको जस्तै रावतमा पनि असाधारण क्षमता रहेको पनि बताए ।
उनि थप गर्दै भन्छन्, ‘एउटा असाधारण क्षमता सीके राउतजीमा देखे जुन प्रचण्डजीमा देखेको थिए । हतियार उठाउने, युद्ध गर्ने, युद्ध विराम, संसदमा सहभागिता, संविधान निर्माणमा अगुवायी, एमाले र माओवादीबीचको एकता गर्ने कुरामा जो सुकैले, सानो मुटु सानो हिम्मतले सक्दैन । उहाँ (प्रचण्ड)मा त्यो निर्णय क्षमता देखे । त्यस्तै छाँटकाँट सीके राउतजीमा पनि देखेँ ।’