काठमाडौँ, पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीले मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार व्यक्तिको ज्यान गएको हो ।
मृत्यु भएका इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय हेम चौधरी रहेका छन् । दुर्घटनामा चौधरी र मोटरसाइकलमा पछाडी बसेका व्यक्ति हेम चौधरी गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएको थियो ।
इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार उपचारको क्रममा मोटरसाइकलमा पछाडी सवार हेम चौधरीको मृत्यु भएको हो । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भैरहेको छ ।
पूर्व राजा ज्ञानेन्द्रले गत महिना पूर्वका विभिन्न जिल्लाहरुको भ्रमणका क्रममा प्रयोग गरेका उक्त गाडीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।