काठमाडौँ, पूर्व सभासद् समेत रहेका उद्योगी दिवाकर गोल्छाको मंगलबार राति भारतको चेन्नईमा निधन भएको छ । केहि समय देखि गम्भीर बिरामी रहेका उनको २ साता अगाडी मात्रै ‘किड्नी ट्रान्सप्लान्ट’ गरिएको थियो ।
२ दर्जन बढी उद्योगको नेतृत्व गरि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको हो । औद्योगिकरणमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।
उनको हुलास वायर, हुलासका खाद्यान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका ठूलो लगानीका उद्योगमा नेतृत्व रहेको छ ।
उनि नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद समेत बनेका थिए । पहिला विराटनगर रहँदै आएका उनि हाल काठमाण्डौको शंखमुलमा बस्दै आएका थिए ।
उनको शव बुधबार नै काठमाण्डौ ल्याइने र पशुपतिमा अन्त्येष्टि गरिने परिवार श्रोतले बताएको छ ।