पित्तथैलीको शल्यक्रिया गर्दा आन्द्रै काटीएपछि बिरामीको मृत्यु, ओम अस्पतालको स्थिति तनावग्रस्त !

फाइल फोटो

काठमाडौँ, काठमाडौँ चाहबिलको ओम अस्पतालमा पत्त्थरीको शल्यक्रियाको क्रममा बिरामीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको पित्तथैलीको पत्थरीको शल्यक्रियाको क्रममा आन्द्रा काटिएर मृत्यु भएको हो ।

शुक्रबार शल्यक्रिया गरिएको उनको शल्यक्रियाको क्रममा भएको चरम लापरबाहीको कारण सानो आन्द्रा काटिएर मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठका अनुसार अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको काे साेही कारण मलद्वारबाट निस्कनुपर्ने फोहोर बाहिर निश्किन नसक्दा शरिरमा समस्या आएर बिरामीको मृत्यु भएको हो ।

अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तजनले अस्पतालमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् भने अर्का तिर अस्पतालका निर्देशक डा केपी देवकोटा उपचारमा लापरबाही नगरिएको तर अरू संक्रमणका कारण बिरामीको मृत्यु भएको बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया