र्‍याफ्टिङको क्रममा डुंगा पल्टिदा १ को मृत्यु !

फाइल फोटो

काठमाडौँ, धनकुटाको शहिदभूमी गाउँपालिका-१ विरिनटार स्थित तमोर नदीमा आईतबार र्‍याफ्टिङको क्रममा डुंगा पल्टिदा १ को मृत्यु भएको छ ।

करिब ४ बजे घटेको यस दुर्घटनामा उदयपुर त्रियुगा नगरपालिका-६ घर भएका ५४ बर्षिय राम बहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

१० जना चढेका उक्त डुंगा पल्टिदा गुरुङ गम्भीर घाइते भएका थिए । उनको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमको लागी अस्पतालमै राखिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया