पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय फाईटर विमानका चालकलाई अभिनन्दन वर्तमानलाई भारत सरकारलाई शुक्रबार बुझाइएको थियो ।
त्यस्को लगत्तै आजको नयाँ भारत निडर, निर्भीक र निर्णायक भएको दाबी गर्दै दिल्लीमा आयोजित इन्डिया टुडे कन्क्लेभमा प्रधानमन्त्री मोदीले भने,‘अहिलेको भारत नयाँ भारत हो, बदलिएको भारत हो ।
पहिले जति नै मानिस मारिए पनि जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो।
तर अहिले कसैले पनि भारतलाई आँखा लगाउन सक्दैन। हाम्रो सरकार जस्तो सुकै निर्णय लिनका लागि प्रतिबद्ध छ।’उनले भने, ‘देश अहिले सवा सय करोड भारतीयसँगै अघि बढिरहेको छ। भारतीयहरू एकजुट भएकाले देशभित्र र बाहिर अहिले देशविरोधी मानिसमा डर उत्पन्न भएको छ। यो डर राम्रो हो। अझ दुश्मनलाई भारतको पराक्रमको डर हुन्छ भने त्यो राम्रो हो।’
मोदीको भनाइमा कसैले साथ दिरहेका छन भने अर्कोतिर त्यसबारे कतिपय मानिसहरूले शंका गरिरहेका छन्।एजेन्सीको सहयोगमा