काठमाडौँ, पाँचथर हत्याकाण्डको केही घण्टा नबित्दै सोही गाउँमा एक अर्को घटना घटेको छ । त्यहि गाउँमा एक युवक झुन्डिएको अवस्थामा भेटिएका छन् ।
घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा रुखमा झुण्डीएको अवस्थामा भेटिएका व्यक्ति अरु कोहि नभएर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ मानबहादुर माखिम हुन् ।
श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको उनको त्यस हत्या प्रकरणमा संलग्नता रहेको आशंका गरिएको थियो ।
घटनाको प्रकृतिका आधारमा शङ्का गरिएका व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका प्रदेश १ प्रहरी प्रमुख डिआईजी केदार रिजालले जनाएका छन् ।
उक्त घटनामा भागेर ज्यान जोगाउन साफक भएकी १२ बर्षिया सिता खुजुमको बयान अनुसार उनले एक व्यक्तिलाई मात्र देखेको बताएकी थिइन् । उक्त व्यक्तिको हुलिया बनाउँदा ति व्यक्ति यि नै मृतक माखिम थिए ।