काठमाडौँ ,बबरमहलमा ट्याक्सीको ठक्करबाट एक युवकको मृ**यू भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।
काठमाडौँ महानगरपालिका–११ स्थित बबरमहल सडकमा बा२ज ११८८ नं को ट्याक्सीले बा८३प ४०३५ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृ**यू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिनुभयो ।
स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेकोछ ।
दुर्घटनापछि फरार ट्याक्सी चालकको खोजी भइरहेको छ ।
ठगीको आरोपमा चार जना पक्राउ
तालीमको नाममा ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ‘गण्डकी मल्टिपल इन्स्टिच्युट’को नाममा विज्ञापन खोली छोटो अवधिको तालीम सञ्चालन गर्ने भन्दै १५ जनाबाट प्रतिव्यक्ति रु ७० हजार लिई फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का नरेन्द्रबहादुर साउद, करन साउद, लालबहादुर साउद र एकेन्द्र थापा छन् । नरेन्द्रलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको हो ।
विद्यार्थीले संयुक्तरूपमा दिएको उजुरीको आधारमा चारैजनालाई पक्राउ गरी उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । कक्षा सञ्चालन नगरी सम्पर्कविहीन भएपछि विद्यार्थीले उजुरी दिएका थिए ।






