पर्यटन मन्त्री अधिकारीको निधन पछी काँग्रेस सभापति देउवाको सरकारलाई  यस्तो वक्तब्य

१५ फागुन काठमाडौं, काठमाडौं पर्यटन मन्त्री अधिकारी सहितको टोली तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई १२ : ४० तिर  आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए।त्यसको १ घण्टा पछी क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ‘ मौसम खराब छ, हेभ्भी स्नोफल भइरहेको छ। म उड्न सक्दिनँ भनेका थिए। “

काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक  वक्तब्य जारी  गर्दै मन्त्री अधिकारी लगायत ७ जनाको निधन भएकोमा नेपाली काँग्रेसिले गहिरो दुःख व्यक्त गरेको छ

शोक  वक्तब्यमा  विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका मन्त्री अधिकारी उदयमान युवा नेताका साथै व्यक्तिगत रुपमा भद्र र सुयोग्य नेता भएको स्मरण गरेका छन् । देउवाले तेह्रथुमको घटनामा अधिकारीको निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उनको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया