पब्जीले बालबालिकालाई हिंस्रक बनाउँदै, नेपालमा पनि प्रतिबन्धको तैयारी !

फाइल फोटो

काठमाडौँ, हामी मध्य धेरैले आफ्नै घर वा छिमेकमा बच्चा वा ठूला मान्छेहरु पनि ‘हान हान, मार मार’ ऊ त्यहाँ लुकेको छ भन्दै कराएको सुनेकै छौँ होला । यो अरु केहि नभएर पब्जी खेल हो भन्ने पनि थाहै छ होला । कतिपयलाई त यसको बानी पनि भैसक्यो होला ।

पब्जी हाल निकै लोकप्रिय खेल बनेको छ । हाल कम्प्युटर वा मोबाइलमा यहि खेलको लोकप्रियता बढ्दो छ । यस खेलमा खेलाडीहरु एउटा टापुमा हुन्छन् ।

एउटा टिममा अधिकतम ४ जना खेलाडी हुन्छन् जसले टापुमा रहेका बाँकी ९६ जना लडाकुहरुलाई मार्नुपर्ने हुन्छ । टापुमा रहेका सबै ‘शत्रु’लाई मार्न सकेमा त्यो खेलाडी विजयी हुन्छ ।

यस खेलको बच्चा देखि लिएर बुढा सम्म सबैलाई लत लागेको छ । घटना यस खेलको कारण घटेका निकै अप्रिय घटनाहरु सुन्नमा पनि आएका छन् ।

नेपाल मै पनि निकै स्थानबाट यस्ता घटना सार्वजनिक भएका छन् । पब्जीले अपराध जन्माउन सक्ने भन्दै महानगरीय अपराध महाशाखाले पनि यो खेल बन्द गर्ने तयारी थालेको छ ।

पब्जी विरुद्ध निकै उजुरीहरु आएको कुरा बताउँदै महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले भने, ‘ अदालतको अनुमति लिएर पब्जी बिरुद्ध आवश्यक प्रक्रिया अगाडी बढाउँछौं । ‘

 

फेसबुकबाट तपाईको प्रतिक्रिया