बृद्धभत्ता पाउने उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र !

गोरखा, ९ असोज । १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट पाउँछन्। तर केही दुर्गम ठाउँहरुमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएका मानिस अहिले पनि छन्।

नागरिकता किन बनाउनु पर्छ, फाईदा के छ, के काम गर्छ, कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा गोरखाको धार्चे गाउँपालिका ६ यार्साकी असरी घलेले ७७ वर्षको उमेरमा बिहीबार बल्ल जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिईन। २००१ जेठ ५ गते जन्मिएकी गुरुङले ७० वर्ष उमेर पुगेदेखि सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउने थिइन्। तर नागरिकता नहुँदा उनले अहिलेसम्म सामाजिक सुरक्षाको रकम नपाएको नागरिकता बनाउन लिएर आएका उनका नाती मैते घलेले बताए।  नागरिक दैनिकमा नरहरि सापकोटाले लेख्नु भएको समाचार प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया