काठमाडौँ, पनौती नगरपालिकाले आफ्नै स्रोतबाट अविवाहित महिलालाई मासिक भत्ता उपलब्ध गराउने छ । नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराका अनुसार उक्त नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका छन् ।
नगरपालिकाले ३५ वर्ष पूरा भएका अविवाहित महिलालाई मासिक १ हजार रुपैयाँको दरले भत्ता बाड्ने गरेको हो । त्यसैगरी १५ वर्षदेखि पति बेपत्ता भएका महिलालाई पनि नगरपालिकाले भत्ता दिने गरेको छ ।
बन्जराका अनुसार अविवाहित महिलालाई पनि एकल महिलाकै सूचीमा राखेर भत्ता दिने गरिएको हो । ३५ वर्ष पूरा भएका अविवाहित महिला, एकल, पति बेपत्ता भएका र सम्बन्ध विच्छेद गरेका महिलालाई एकल महिलाको सूचीमा राखिएको छ ।
यस समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।