काठमाडौँ, शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सत्तारूढ नेकपा निकट अनेरास्ववियूले ५० लाख वृक्षरोपण गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले ४० हजार स्वयंसेवक परिचालन गरेर भदौ मसान्तसम्म ५० लाख रुखविरुवा रोप्ने घोषणा गरेका हुन् ।
‘ग्रिन नेपाल, क्लिन नेपाल’ अभियान सञ्चालन गर्दै अनेरास्ववियूले वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । अनेरास्वव्यु सहसंयोजक तामाङले कार्यक्रममा असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस घोषणा गरेर सरकारले सञ्चालन गरेको वृक्षारोपण कार्यक्रममा अनेरास्ववियूले सक्रिय रुपमा सहयोग गर्ने बताएका छन् ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार अनेरास्ववियूले शनिबार विहान उपत्यकाको हकमा कोटेश्वर– कलङ्की खण्डको सडकमा र देशभरका क्याम्पस, नजिकका विद्यालय र अन्य तोकिएका ठाउँमा राष्ट्रिय उत्सवको रुपमा वृक्षरोपण गर्ने कार्यक्रम तय गरेको छ ।







