पत्रकार शुशिललाई ज्यान मार्ने धम्की, यी हुन् धम्की दिने व्यक्ति !

फाइल फोटो

काठमाडौँ, एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसकेपछि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  स्टुडियोबाट माइक हुत्याउदै स्टुडियो बाट बाहिर निस्किए पश्चात सर्वत्र यसको चर्चा पाइन्छ ।

यस पश्चात सोमबार दिउँसो एभिन्यूज टेलीभिजनको वीरगंज ब्यूरो कार्यालयमा तोडफोड भएको छ । तोडफोड मात्र नभएर एभिन्युज टेलिभिजनका पत्रकार शुशील पाण्डेलाई ज्यान मार्ने धम्की समेत आएको छ ।

पत्रकार पाण्डेलाई ज्यान मार्ने धम्की दिएको भनिएका व्यक्ति समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विष्णुजंग बस्नेत भएको खुलेको छ । बस्नेतको फोनबाट ज्यान मार्ने धम्की आएको समाचार बाहिरी पछि सत्य तथ्य बुझ्दा बस्नेतले आफूले पाण्डेलाई मार्ने धम्की नदिएको बरु पाण्डेलेनै यस विषयमा मिडियाबाजी गरिरहेको आरोप लगाएका छन् ।

यसबारे बस्नेत भन्छन्, ‘ विहान उहासँग आठ बजे फोनमा कुरा गरेको हो, दिउसो २ बजे भेट्ने कुरा थियो तर, १२ बजे मैले फोन गर्दा प्रेस काउन्सिल जा भन्दै उल्टै थर्काउनु भयो उहाले पहिला मुख छाडेपछि तँ तँ सम्मचाहि चलेको हो पछी ज्यान मार्ने धम्की भन्दै समाचार छपाउनु भएछ म अचम्ममा परेको छु । ‘

बस्नेतले पाण्डेलाई यस बारेको रेकर्ड देखाउन चुनौती दिएका छन् । बस्नेत भाडावाला सरोकार समाजका अध्यक्ष् समेत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया