काठमाडौँ, पार्किन्सन रोग ले पिडित सीता दाहालको उपचारको लागि छोरि गंगा र ज्वाई जिबन आचार्यका साथ नेकपा अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) आज साँझ ५ बजे अमेरिका जाँदै छन्।
दुई महिना अघि नै सीतालाई लिएर जाने भनिएता पनि भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी भएको को विज्ञप्तिले आलोचना
पाएपछि यस कार्यक्रमलाई स्थगित गरिएको थियो ।
त्यसपछि नेपालका लागि अमेरिकाकी राजदुत र्याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहज गरिदिएकी थिइन् । छोरा प्रकाश दाहालको निधन पछि उनलाई यो रोगले झन् च्यापेको हो ।
यसअघि सीता को उपचार भारत र सिंगापूरमा गरिएको भनिएता पनि उनको स्वास्थ्यमा केहि सुधार नआएको उनकी छोरी गंगा ले बताएकी छिन् । उपचारकै क्रममा गत कार्तिक महिना सीता र प्रचण्ड म्याग्दीको तातोपानी कुण्डमा नुहाएको तस्बिर समाजिक सन्जालमा भाइरल भएको थियो।