एजेन्सी, न्युजिल्याण्डका प्रधानमंत्री जेसिन्डा अर्डनले आज न्युजिल्याण्डको लागी कालो दिन भएको बताएकी छिन् । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरि अन्धाधुन्द गोली प्रहार गरेका छन् ।
उक्त आक्रमणमा बालबालिका सहित कम्तीमा पनि २७ जनाको मृत्यु भएको डेली मेल अनलाइनले जनाएको छ । मस्जिदमा जुमेको नमाज चलि रहँदा आक्रमण भएको हो । थप आक्रमणको भयको कारणले विद्यालय, अस्पताल र अन्य मस्जिदहरु बन्द गरिएको छ ।
आक्रमणमा अप्रवासी र शरणार्थीहरु संलग्नताको आशंका गर्दै प्रेसिडेन्ट अर्डनले उनीहरुलाई पक्राउ गर्न संकेत दिएकी छिन् । एक आक्रमणकारी पक्राउ गरि अनुसन्धान अगाडी बढीरहेको प्रहरी कमिश्नर माइक बुशले बताएका छन् ।