‘नो पार्किङ’मा रहेको मन्त्री राईको गाडीलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना

ललितपुर / ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ।

आज बिहान ट्राफिक प्रहरी जवान सुरेद्न सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना लगाएका हुन्। यो गाडीको प्रयोगकर्तामा ‘माननिय मोहम्मद इश्तियाक राई’ लेखिएको छ।

बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया