नेपाली टीभी रियालिटी शोको जज बन्दै बलिउड स्टार गोविन्दा

काठमाडौं । नृत्यमा आधारित नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा तय भएका छन् ।

भदौमा हुने शोको ग्रान्ड प्रिमियरमा उनी गेस्ट जुरीको रुपमा नेपाल आउने निश्चित भएको स्रोतले जानकारी दियो ।

देशव्यापी अडिसन सकिएको शोको मेगा अडिसन चाँडै सुरु हुने जनाइएको छ । पछिल्लो समय बलिउड स्टार गोविन्दा नेपाली कार्यक्रममा पनि सहभागी हुन थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया