निर्मला हत्याकाण्ड: एकाएक फिर्ता लिइयो प्रहरीविरुद्धको मुद्दा, आखिर किन ?

फाइल फोटो

काठमाडौँ, निर्मला हत्याकाण्ड र यसको ढिलाई बारे त हामी अवगत नै छौँ । साथ साथै प्रत्येक दिन यस घटना बारे आउने अनेकौँ खालका समाचार तर आज सम्म पनि टुङ्गो लाग्न नसकेको हत्याराको खबरले हामी सबै आक्रोशित छौँ । सबैको यूताई आवाज छ ‘निर्मलाको लागी न्याय ।’

निर्मलाको न्यायको लागी चर्किंदै गएको आवाज बीच आज अचानक यो आवाज दबिएको छ । हजुर, निर्मला बलात्कार र हत्या प्रकरणमा उनका परिवारले अचानक प्रहरीविरुद्धको मुद्दा फिर्ता लिएका छन् । आजको शौर्य दैनिकका प्रकाशित समाचार अनुसार निर्मलाकी आमा दुर्गादेवी पन्तले आइतबार जिल्ला अदालत कञ्चनपुरमा मुद्दा फिर्ता लिन एक आवेदन पेश गरेकी छिन् ।

जिल्ला अदालत कञ्चनपुरमा प्रहरी विरुद्द दर्ता भएको मुद्दा बदर गर्ने माग गर्दै निर्मलाकी आमाले कानुनी कारवाहीको बाटो बन्द गरिदिएकी छिन् । तर, यस कुरालाई परिवारले पुष्टि गरेको  भने छैन । जीला अदालतका अनुसार प्रहरीबाट केहि त्रुटी भएता पनि पुरै प्रमाण नष्ट नगरेको हुँदा मुद्दा फिर्ता पाउँ भनि उनले निवेदन पेश गरेकी छिन् ।

मुद्दा नै फिर्ता लिए पछि मानव अधिकारकर्मीहरुले निर्मलाकी आमालाई मुद्दा फिर्ता नलिन दबाब दिइरहेका छन् । यसअघि फागुन २३ मा निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तलाई यातना दिएको प्रमाण सुरक्षित नराखेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

तर एकाएक निर्मलाकी आमाले यो मुद्दा फिर्ता लिएपछि मानव अधिकारकर्मीहरुले उनलाई र्यार्खयाख्ती पारेका छन् । हाल एसपी विष्ट र डिएसपी जिसी बाहेकका ६ जना कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन् । तोकिएको मितिमा अदालत नपुगेपछि फरार एसपी विष्ट र डिएसपी जिसीलाई अदालतले २१ दिन भित्र अदालतमा हाजिर हुने आदेश दिएको थियो । यस्तोमा एकाएक मुद्दा फिर्ता लिइनुको उदेश्य भने अझै बुझ्न सकिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया