काठमाडौँ, स-साना कुराहरुले ठुला मोड लिन्छन् भन्ने त हामीले सुनेकै छौँ । तर यति सानो कुराले यति ठुलो मोड लिन्छ यो भने हामीलाई पक्कै अन्दाज पनि थिएन ।
हाल स-साना निहुमा सम्बन्ध बिच्छेद हुने गर्छन् । आज हामी तपाइँलाई सम्बन्ध बिच्छेद कै एक यस्तो निहु सुनाउन चहान्छु जुन सुनेर तपाइँ अचम्मित पर्नु हुनेछ ।
यो मामला मध्यप्रदेशको हो । मध्यप्रदेशको पारिवारिक अदालतमा सम्बन्ध बिच्छेदको एक यस्तो केस दर्ता भएको छ जुन साच्चै नै अपत्यारिलो छ ।
सन् २०१६ मा अन्तरजातीय विवाह गरेका एक दम्पतिको सम्बन्ध बिच्छेद निवेदनमा श्रीमतीले श्रीमानको रहन सहन चित्त नबुझेको बताएकी छिन् ।
उनको अनुसार उनका श्रीमान नुहाउँदैनन्, चिसो रुमाल खाटमा फ्याँक्छन् र दाह्री पनि काट्दैनन् । विवाहको एक बर्ष सम्म राम्रै चल्दै आएको दाम्पत्य जिवममा एक बर्ष पश्चात यति दुरी आयो कि आज उनीहरु कुनै पनि हालतमा सम्बन्ध बिच्छेद गर्न चाहान्छन् ।
श्रीमानको रहन सहन ठिक नभएको बताउँदै श्रीमती भन्छिन्, ‘ उनी सर–सफाइमा ध्यान दिँदैनन् । उनी दाह्री काट्दैनन् चिसो मौसममा धेरै दिनसम्म नुहाउँदैनन् । दुर्गन्ध लुकाउनका लागि उनी परफ्यूम छर्कन्छन् । चिसो रुमाल ओछ्यानमा फाल्छन् । ‘
आफु श्रीमतीको हातको खेलौना नभएको बताउँदै श्रीमान भन्छन्, ‘ मैले आफ्नो जीवनयापन कसरी गर्ने भनेर म आफैं निर्धारण गर्छु । ‘ मामलाको फैसला भने भैसकेको छैन ।