नगद लुट्नकै लागी घाँटी रेटी विभत्स हत्या

काठमाडौँ, पाँचथरको हिलिहाङ गाँउपालिका–३ मा एनएमबी माइक्रोफाइनान्स गोपेटार शाखामा कार्यरत एक २० बर्षिय युवतीको घाँटि रेटि हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाका अनुसार मंगलबार साँझ ६ वजे जंगलको गोरेटो बाटोमा इलाम घर भएकी सुजाता तामाङको शव फेला परेको हो ।

युवतीको घाँटी रेटी हत्या गरिएको वडाध्यक्ष यवाले बताएका छन् । जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलि हाल घटनास्थल पुगी अनुसन्धान कार्य अघि बडाइरहेका छन् ।

प्रहरी निरीक्षक पौडेलका अनुसार झोलामा रहेको नगद लुट्ने क्रममा झोला चुँडिएको र त्यहाँ रहेको नगद लुटिएको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया