धनुषामा घाँटी रेटी बालकको हत्या !

फाइल फोटो

काठमाडौँ, सोमबार साँझदेखि घरबाट हराएका धनुषाको ढल्केवरका अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज रायका अनुसार मिथिला नगरपालिका— ६ ढल्केवरका शम्भू साहका छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको हो ।

उनि भन्छन्, ‘ बालकको घाँटी रेटी हत्या गरिएको छ । गाउँले र प्रहरी मिलेर बालकको रातीदेखि नै खोजी गरियो । कहीँ भेटिएन तर, मंगलबार बिहान उनको घर पछाडि रहेको आँप बारीमा शव फेला परेको थियो । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया