३ दिन सम्म देशभरका अधिकांश क्षेत्रम मेघ गर्जन सहित वर्षा हुने, सचेत रहन सुझाव !

काठमाडौँ, नेपालमा हालको मौसम निकै अस्थिर छ । अहिलेको समयमा घाम, पानि, बतास, बादल कुनै पनि बेला आउने खालको मौसम हामीले भोग्दै आएका छौँ । यस्तैमा फेरी मौसम विभागले देशका अधिकांश क्षेत्रमा मेघ गर्जन सहित बर्षाको अनुमान गरेको छ ।

आज देखि तिन दिन सम्म नेघ गर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विभागले बताएको छ । मौसमविदका अनुसार देशको पहाडी भागमा फाटफुट वर्षा सहित मेघ गर्जनको सम्भावना रहेको छ ।

भोलि पनि पहाडी भूभागमा आंशिक देखि सामान्य बादाल रही केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको अनुमान गरिएको छ । हावा हुरी र मेघबाट बच्न सबैलाई सुझाव दिइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया