काठमाडौँ, केहि दिन अघि मात्र सरकार र सी. कर. राउत बीच ११ बुँदे सहमागी भएको थियो । सहमतिमा प्रयोग भएका शब्दावलीलाई लिएर शब्दको खेल बनाएर आएका भिन्ना भिन्नै व्याख्या र नरोकिएका पृथकतावादी गतिविधिहरुले जन मानसमा थुप्रै शंका-आशंका उब्जाएको छ । जनतामा मात्र नभएर एउटै सिद्धान्तमा चलेका एकै पार्टीका नेताहरु बीच पनि विवाद सिर्जना भएको छ ।
सामाजिक संजालको माध्यमबाट एक-अर्कामा आरोप-प्रत्यारोप लगाइँदै छ । नेकपा स्थायी समिति सदस्य भीम रावलले सहमतिमा प्रयोग भएको भाषाको विरोध गरेपछि एक अन्तर्वार्तामा यस बारे प्रश्न गरिँदा प्रधानमन्त्री ओलीले आफू प्रधानमंत्री या पार्टी अध्यक्ष भएको र सबै कुराहरुमा भिम रावलसंग सोधिरहनु नपर्ने बताएका थिए । त्यस पश्चात प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल नेताहरूमाथि नै त्यही शैलीमा जवाफ पनि फर्काएका थिए ।
रावलले सामाजिक संजालमा पनि यस बारे ट्वीट गरेका थीए । ट्वीट गर्दै उनि लेख्छन, ‘ देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्की खानु उचित होला ।’
यससंगै निकै नेताहरु को भिन्ना भिन्नै प्रतिक्रियाहरु आए । सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रश्न गर्दछन्, ‘ नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने । ‘ उनले यसबारे गम्भीर आत्मसमीक्षा गर्दै राजनीति सफा पार्नु पर्ने तर्क समेत राखेका छन् ।
रिमाल लेख्छन्, ‘ नेताहरू- झुक्किए, फसे वा फसाईए या तिनिहरूले गल्ति नै गरे पनि कोईवात छैन । ‘ हामी धन्य छौं, मुलुक जोगाउने ‘एक-से-एक उहाँहरू हुनुहुन्छ। आङ् सिरिङ्ग हुन्छ र साह्रै आश्चर्य लागि रहेको छ, ‘उहाँहरूको जन्म अघि यो मुलुक कसरी जोगिए छ ? ‘