एजेन्सी। संयुक्त अरब इमिरेट्स (युएई) को पूर्वी भागमा भारी वर्षाका कारण आएको बाढीले जनजीवन प्रभावित भएको छ । बाढीका कारण धेरै घर पूर्णरुपमा पानीमा डुबेका छन् भने कतिपय घरमा क्षति पुगेको छ । विभिन्न ठाउँमा गाडीहरु पानीमा फसेका छन् । मानिसहरूलाई घरबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ। समग्रमा बाढीले निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ ।
गत बुधबारदेखि युएईमा सुरु भएको वर्षा बिहीबार पनि जारी रह्यो । दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले पूर्वका धेरैजसो क्षेत्रमा जनधनको क्षति गरेको छ । विशेष गरी शारजाह, रस अल खैमाह र फुजैराह जस्ता क्षेत्रहरू बाढीबाट नराम्ररी प्रभावित भएका छन्। रस अल खैमाहका धेरै उपत्यका र बाँधहरू प्रभावित भएका छन्।
स्टर्म सेन्टरबाट ट्वीट गरिएको नयाँ भिडियोमा धेरै क्षेत्रहरूमा भारी जलमग्न देखिएको छ। यी मध्ये, अल बयाह वादीको भिडियो सबैभन्दा डरलाग्दो छ। शारजाह प्रहरीले स्थानीय जनतालाई देशको पूर्वी क्षेत्रमा नजान अपिल गरेको छ । राष्ट्रिय मौसम विज्ञान केन्द्रले केही क्षेत्रहरूमा रेड अलर्ट जारी गरेको छ। युएईमा २७ वर्षपछि यति ठूलो पानी परेको एनसीएमले बताए ।
Watch: Floods hit several regions of the UAE, including Sharjah, Fujairah and Ras al-Khaimah, due to heavy rains.https://t.co/dLnNTHBlwn pic.twitter.com/28q5y0CZPl
— Al Arabiya English (@AlArabiya_Eng) July 28, 2022
शारजाह प्रहरीले पनि मानिसहरूलाई सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। मानिसहरूलाई बाढी प्रभावित क्षेत्रहरूबाट टाढा रहन आग्रह गरिएको छ। सेना पनि उद्धार कार्यमा सक्रिय रहेको छ । प्रशासनले सुरक्षा निकायलाई अलर्टमा राखेको छ ।
युएईका केही क्षेत्रमा अविरल वर्षा भइरहेको छ । उद्दार कार्य तिब्र रुपमा भईरहेको छ । गृह मन्त्रालयले यसअघि एउटा भिडियो सार्वजनिक गरेको थियो, जसमा प्रशासनले यो अवस्थासँग जुध्न कसरी अहोरात्र खटिरहेको देख्न सकिन्छ। बाढी प्रभावित क्षेत्रमा संघीय कर्मचारी र निजी क्षेत्रका कर्मचारीलाई बिहीबार र शुक्रबार घरबाटै काम गर्न आग्रह गरिएको छ ।
रिपोर्टका अनुसार युएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिदले बाढीबाट विस्थापित भएका परिवारका लागि होटलमा बासको व्यवस्था गर्न निर्देशन दिएका छन् । बाढीका कारण घरबारविहीन भएकाहरुलाई अस्थायी आश्रय गृहको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।
NEW: Major emergency as heavy rains and floods hit UAE pic.twitter.com/L5IynvhITP
— Insider Paper (@TheInsiderPaper) July 28, 2022