दुई बालिका माथि जबर्जस्तीको आरोपमा ५३ वर्षीय रिटायर्ड प्रहरी पक्राउ !

फाइल फोटो

काठमाडौँ, इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बूलाई दुई बालिकामाथी यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको छ । रिटायर्ड प्रहरी लिम्बुले ७ र ११ बर्षका बालिका माथि दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रिटायर्ड भएर घरमै बसेका केटाकेटीहरु प्राय झुम्मिइरहने र उनीहरु माथि दुर्व्यवहार गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी समिरचन्द्र खरेलले जानकारी दिएका छन् ।

डिएसपी खरेलका अनुसार लिम्बूले ११ वर्षीया बालिकालाई पटक-पटक जवर्जस्ती करणी गर्ने गरेको स्वीकारेका छन् । चैत्र ८ गते ती बालिकालाई अन्तिम पटक जवर्जस्ती करणी गरेको बताइएको छ । उक्त पिडित बालिकालाई स्वास्थ्य परिक्षनको निम्ति अस्पताल लगिएको छ ।

बालिकालाई जबरजस्ती गरेको बारे परिवारका सदस्यले थाहा पाएपछि इटहरी प्रहरीलाई उजुरी गरेको थियो । त्यसैगरी सोहि व्यक्तिले एक ७ वर्षीया बालिकालाई पनि दुर्व्यवहार गरेको उजुरी परेको छ । चैत्र एक गते आफूसंग खेल्न आउने बालिका मध्य लिम्बुले एक ७ बर्षीय बालिकाको पनि संवेदनशील अंग छुने गरेको प्रहरीमा उजुरी परेको छ।

चैत्र १० गते पक्राउ परेका उनीमाथि म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया