गण्डकी मेडिकल कलेज लगायतका कलेजका दोषि उपर कारवाही गर्न गरिएको विलम्बको बिरुद्द त्रिवि डीन अफिसमा तालाबन्दी गरियो ।
तालाबन्दी अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु र स्ववियू आईओएम महाराजगन्जले संयुक्त रुपमा गरेको हो ।अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ्ग, उपाध्यक्ष विजय गौतम, इन्द्र भुषाल, अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्य, आरसी लामिछाने, महाराजगन्ज मेडिकल क्याम्पसका स्वबियु सभापती मिलन गैरे लगायतको नेतृत्वमा गएको टोलिले तालाबन्दी गरेको हो |