ताइवानबारे अमेरिका र चीनका राष्ट्रपतिबीच दुई घन्टा लामो फोनवार्ता, एक अर्कालाई दिए चेतावनी

अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच बिहिबार टेलिफोन वार्ता भएको छ।दुई घण्टा लामो चलेको संवादमा ताइवानको विषयलाई लिएर दुवै नेताले एक अर्कालाई चेतावनी दिएको बिबिसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति बाइडनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको उल्लेख गर्दै चिनियाँ समकक्षीलाई ताइवानको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन्।

यसै क्रममा सी जिनपिङले बाइडेनलाई ‘एक चीन’ नीति अपनाउन आग्रह गरेका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले अमेरिकालाई आगोसँग खेल्ने जोसुकैलाई जलाउने चेतावनीसमेत दिएका छन् ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको समाचारलाई लिएर चीन आक्रोशित भएको छ। भ्रमणअघि नै यो विषयलाई लिएर दुई देशबीच तनाव बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया