तरकारीमा ५ तहका बिचौलिया, यसकारण तरकारीको भाउ आकाशियो !

सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन ।

सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढ्दा तरकारी महँगो हुने गरेको छ ।

केही महिनाअघि तराई क्षेत्रमा भएको हावाहुरी र भारतको निर्वाचनलाई देखाउँदै यतिबेला व्यवसायीले तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया