ट्राफिक प्रहरीले हटाउन थाल्यो सवारीमा लेखिएको सायरी र गजल

काठमाडौं। ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउन थालेको छ ।

सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिको

नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि
प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया