ट्रयाक्टर दुर्घटना हुँदा १ को मृत्यु २ घाइते !

फाइल फोटो

काठमाडौँ, गएराति गुल्मीको रेसुङ्गा नगरपालिका–७ को लसुनडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

छल्दीबाट पानी लिएर चेक्मीतर्फ जाँदै गरेको लु २ त ३३९३ नम्बरको उक्त ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्याक्टरमा सवार २ घाइते भएका छन् । मृत्यु हुने मदाने गाउँपालिका–६ का २१ वर्षीय मधु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताएका छन् ।

त्यसैगरी घाइते हुने मदाने गाउँपालिका–६ का १६ वर्षीय अभी कुँवर र धुर्कोट गाउँपालिका–२ का १८ वर्षीय नीरज महत रहेका छन् । घाइतेको हाल गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया