पाँचथर हत्याकाण्ड सेलाउन नपाउँदै रोल्पामा अर्को घटना, २ जना जंगलमा छटपटाई रहेको अवस्थामा फेला !

फाइल फोटो

काठमाडौँ, बढ्दो घटना र लगातार आइरहेको हत्याका समाचारहरुले हामी सबैलाई मर्माहित बनाएको छ । केही दिन अघि मात्र घटेको पाँचथर हत्याकाण्डले हर कोहीको मन रुवाएको छ ।

यो घटना सेलाउन नपाउँदै रोल्पामा निकै अप्रिय घटना घटेको छ । दाङ्गको घोराही नगरपालिका १६ को राटामाटा सितल सामुदायिक वन क्षेत्रमा एक जना मृत र एक जना छटपटाई रहेको अबस्थामा फेला परेका छन् ।

उक्त वनमा हिजो दिउँसो एक युवक मृत र युवती छटपटाई रहेको अवस्थामा भेटिएका हुन् । वन हेर्न भनि निस्केका सुनिल चौधरीले उनीहरुलाई त्यस्तो अवस्थामा देखेपछि वडा सदस्य र प्रहरीलाई जानकारी गराएका हुन् ।

त्यस पश्चात उनीहरुको उद्दार गरिएको हो । मृतकको शवलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शबगृहमा पोस्टमार्टमको लागी राखिएको छ भने युवतीको सोही अस्पतालमा उपचार भैरहेको छ ।

घटना स्थलमा बिषाधीको गण्ड आएको र बिषाधीको बोतलको बिर्को समेत फेला परेकोले उनीहरुले विषाधी सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

युवती बेहोसीको हालतमा रहेकाले यस बारे कुनै तथ्य खुल्न नसकेको तर अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया