ट्रकले ठक्कर दिँदा रौतहटमा २ भारतीय तीर्थयात्रुको मृत्यु !

फाइल फोटो

काठमाडौँ, पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको पौराइमा ट्रकले बसलाई सोमबार राती करिब १२:४५ बजे ठक्कर दिँदा २ भारतीय तीर्थयात्रुको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना.६ ख. ९०३० तीर्थयात्री बोकेको बसलाई को. १ ख २६२५ नम्वरको मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

बसमा ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा परि मृत्यु हुने उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दिर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको मृत्यु भएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले बताएका छन् ।

भारतको उडिसा राज्यका ६० तीर्थ यात्रु सवार रहेको उक्त बसका ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको चन्द्रपुरमा र ३ जनाको वीरगञ्जमा उपचार भइरहेको डिएसपी कार्कीले जनाएका छन् ।

मृतकको शव पोस्त्मार्तमको लागी लगिएको छ । ठक्कर पश्चात बस सडक भन्दा २० मिटर पर जंगलमा पुगेको थियो । घटन पश्चात ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया