एजेन्सी, भारतको गुजरातको सुरत शहरको एक ट्युसन सेन्टरमा आगलागी हुँदा २० जना विद्यार्थीको मृत्यु भएको छ भने २० को अवस्था निकै गम्भीर छ ।
पढाई भैरहँदा आगलागी हुँदा ज्यान गुमाउने अधिकांश किशोर–किशोरी रहेका छन् । माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै जलेका थिए केहीले ज्यान जोगाउन भवनको माथिल्लो तलाबाटै हामफालेका थिए जसबाट केहीको ज्यान गएको छ भने केही गंभिर घाइते भएका छन् ।
सुरतका स्थानीय सरकारी अधिकारी दीपक सप्तलीले एएफपीसँग भने, ‘ आगोमा जलेर तथा हामफालर धेरै विद्यार्थीले ज्यान गुमाएका छन् । ‘
घाइते विधार्थीहरुको गुजरातका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगमा जुट्न स्थानीय अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।