टहरोमा आगलागी, एकै परिवारका ३ जनाको जलेर मृत्यु !

फाइल फोटो

काठमाडौँ, बुधबार राती बैतडी पुर्चौडी नगरपालिका ७ को एक टहरोमा आगलागी हुँदा एकै परिवारका ३ जनाको जलेर मृत्यु भएको छ ।

बसपार्क नजिकै रहेको उक्त टहरोमा रातको करिब पौने ११ बजे तिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा जलेर मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५, कुवाकोटका ५० वर्षीय करे लुहार, उनकी ४५ वर्षीया श्रीमती बिन्द्रा र ८ वर्षीय छोरा मजोज लुहार रहेका छन् ।

स्थानीय बासिन्दा र प्रहरीको टोलीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । चुल्होबाट आगो सल्किएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया