माछा मार्न गएका विनोद चौधरीको शव फेला, शनि थारु अझै बेपत्ता

बर्दिया, २९ भदौ । बबई नदीमा एक जनाको शव आज फेला परेको छ । आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो।

माछा मार्न गएका बेला बबई नदीमा डुवेर उनी बेपत्ता भएका थिए । यही भदौ २७ गते बबईमा नुहाउने क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय शनि थारुको अवस्था भने अझै अज्ञात छ । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया