एजेन्सी, आज सम्म तपाइँले दुध पिउनुको निकै फाइदाहरु सुन्नु भएको होला । तर, के तपाइँलाई थाहा छ कि निकै यस्ता चिजहरु पनि छन् जुन खाए लगत्तै यदि दुध सेवन गर्नु भयो भने त्यसले शरीरमा विषको काम गर्दछ । सुन्दा अचम्म त अवश्य लाग्यो होला तर यो साँचो हो । आउनुहोस् जानौँ राम्रो स्वास्थ्यको साथ सुन्दरता बनाई राख्नको लागी के-के चिजहरुको सेवन दुधको साथ गर्न हुँदैन ।
माछा
माछामा रहेको प्रोटिनको कारण छाला र कपाल स्वास्थ्य रही रहन्छ । तर पनि यो खाए लगत्तै दुध खानु हुँदैन । यस्तो गर्दा पाचनसंग जोडिएको समस्या आइ पर्न सक्छ । यति मात्र नभएर माछा खाए लगत्तै दुध पिउँदा फुड पोइजनिङ्ग, पेट दुखाइ, शरीरमा सेतो दाग आदि हेन समस्या हुन्छ ।
अमिलो फल
अमिलो फल खाए पश्चात दुधको सेवन गर्नबाट बच्नु राम्रो हुन्छ । अमिलो फल खाए लगत्तै दुधको सेवन गर्दा उल्टी हुने समस्या हुन सक्दछ । ध्यान राख्नु होस् यस्ता फलको सेवन गरे पछि २ घण्टा अघि दुधको सेवन नगर्नु होला ।
भिंडी
भिंडीको सब्जी खाए पश्चात पनि दुधको सेवन नगर्नु राम्रो हुन्छ । भिंडी खाए पश्चात दुधको सेवन गर्दा अनुहारमा कालो दाग आउने सम्भावना हुन्छ । यसले तपाइँको अनुहारलाई पुरै खराब बनाइ दिन्छ ।
मुला
यदि तपाइँ मुला खाँदै हुनुहुन्छ त भुलेर पनि दुधको सेवन नगर्नु होला । यस्तो गर्दा तपाइँलाई छाला सम्बन्धि निकै रोगहरुले सताउन सक्दछ । यति मात्र नभएर यस बाहेक अनुहारमा एलर्जी हुने साथ साथै छिट्टै चाउरी पर्ने पनि सम्भावना हुन्छ ।