काठमाडौँ, आज चैत्र १० गते आईतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमंत्रीले संसद भित्र र बाहिर उठेका हरेक प्रश्नको जवाफ दिएका छन् । उनले सरकार माध्यमबाट भएका निकै उपलब्धिका बारेमा पनि बोलेका छन् ।
सी. के. राउतसंगको ११ बुँदे सहमति र विवादमा रहेको शब्द ‘जनमतसंग्रह’ बारे प्रष्ट पार्दै जनमतसंग्रह नहुने बताएका छन् । उनले फालिसकेको राजतन्त्र पुन नाउने बताउँदै जनताले रगत बगाएर ल्याएको गणतन्त्रमा राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिएका छन् ।
उनले नाम उल्लेख नगर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेको बताए ।
जोगीले फिरि लगाए झैँ राजतन्त्रको नारा लगाएको आरोप लगाउँदै उनले ‘ नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा छ ? ‘ भनेका छन् । उनले भने, ‘ यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक फुटुक नगर्दा हुन्छ । ‘