धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बाँझगाउँमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
४ जनाको घटनास्थलमै मृत्यु भएको छ । गल्छीको सिरुबानीबाट बैरैनी आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा ३२ वर्षीय सेते मिजार, ३८ वर्षीय राजु रम्तेल, ३० वर्षीय कान्छि भुजेल र गल्छी ६ कै ३५ वर्षीय नानु तामाङ रहेका छन् ।
उनीहरुलाई उपचारको लागि काठमाडौं लाने तयारी हुदै छ । थप विवरण आउन बाँकी छ ।







