जिउँदो अक्टोपस खान लाग्दा युवतीको यस्तो हालत !

काठमाडौँ, सि–साइड गर्ल लिटल सेभेन नामबाट लाइभ स्ट्रिम गर्ने युवतीले केही फरक गर्ने सोचमा जिउँदो अक्टोपस खान खोज्दा उनको अनुहारमा चोट पुगेको छ ।

उनि सीफूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरिरहन्छिन् । तर यसपटक उनको लागी यो घातक साबित भएको छ । यसअघिको भिडियो क्लिपमा आफु आफ्नो कुनै अनि क्लिप ट्रेन्डिङ टपिङ चार्टमा नपर्ने बताएकी उनले धेरैको ध्यानाकर्षण गर्न जिउँदो अक्टोपस खाएको भिडियो बनाउन लागेकी हुन् ।

उनले लाइभ भिडियो शेयर गर्दा गर्दै यस्तो भएको हो । उक्त ५० सेकेन्डको भिडियो सर्ट भिडियो प्लेटफर्म कुवाइसाउमा सेयर गरिएको थियो । भिडियोमा उनले जिउँदो अक्टोपस खान प्रयास गरिरहेको देख्न सकिन्छ ।

तर उक्त अक्टोपसले आफूलाई शिकार हुनबाट जोगाउन आफ्नो सकरलाई ती युवतीको अनुहारमा बेस्सरी टासीन्छ । अक्टोपसको टेन्टकल्स निकाल्न उनलाई निकै गाह्रो पर्दछ ।

पछि उनको गालामा चोट लाग्दछ । उनले अर्को भिडियोमा जिउँदो अक्टोपस खान सफल हुने बताएकी छिन् ।

हेरौँ उनको भिडियो :

                                                               

फेसबुकबाट तपाईको प्रतिक्रिया