कारगार भत्किदा ७ जनामो मृत्यु

नयाँ दिल्ली, २० पुस | भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको मोती नगरमा अवस्थित एक कारखानाको पर्खाल भत्ँिकदा सात व्यक्तिको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य आठ व्यक्ति घाइते भएका छन् । ती घाइतेहरूको दुई वटा छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

स्थानीय समयानुसार बिहीबार राति ९ः४५ मा ग्यासको सिलिण्डर विस्फोटको कारण कारखानाको पर्खाल भत्किएको थियो ।

सो घटनापछि प्रहरीले तत्काल उद्धारकार्य शुरु गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उद्धारकार्य शुक्रबार बिहानसम्म पनि जारी रहेको बताइएको छ ।

प्रहरीले के कति कारण सो घटना भएको यसको अनुसन्धान शुरु गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया