जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिबन्ध, ‘लाठी लिएर लघार्ने’ : विप्लव !

काठमाडौँ, नेपाल सरकारले केहि दिन अघि मात्र नेत्र विक्रम चन्द ‘विप्लव’ लाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएसंगै विप्लबद्वारा युद्ध गरिने कुरा धेरैले अनुमान लगाएका थिए ।

हाल विप्लबले जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिबन्ध लगाउने बताएको छ । प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ विप्लबले उद्घोस गरेको छ । यस बारे बोल्दै विप्लब समूहका नेता रेशम नेपाली भन्छन्, ‘ हामीलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले पनि दलका नेताहरुलाई प्रतिबन्ध लगाउँछौं । ‘

उनले भने, ‘ हामी छलफकै क्रममा रहेका छौं, जिल्लाको सांगठनीय अभियान सुदृढ बनाउँदै विकास निर्माणमा समेत सघाउछौं । जनताको भावनाविपरित काम गर्नेलाई कारबाही गर्छौ । ‘ नेपाल समाचारपत्र दैनिकमा छापिएको यस खबरबाट यो पक्का भएको छ कि आफूहरु माथि लगाएको प्रतिबन्धको जवाफमा विप्लबले आफ्नै रणनीति बनाइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया