चितवन \ चितवनको भरतपुरस्थित नारायणी नमूना माविका विद्यार्थी प्रशान्त अधिकारीले आज बुधबार प्रकाशित एसईई परीक्षाको नतिजामा चार जिपिए ल्याएका छन् ।
गोरखा जिल्ला अजिरकोट गाँउपालिका ३ घर भएका अधिकारीले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेका हुन् ।अधिकारी विद्यालयका मिहिनती र अब्बल विद्यार्थी रहेको र उनी सधैं उत्कृष्ट हुने गरेको प्राचार्य दवाडीले बताउनुभयो ।
चार जिपिए अंक ल्याएका विद्यार्थी अधिकारीले मेहनत अनुसार अंक आएको भन्दै खुसी व्यक्त गरेका छन् । नारायणी नमूना मावि देशकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा परिचित छ ।