काठमाडौँ, मंगलबार चट्याङको कारण एकै घरका ३ जना घाइते भएका छन् । कास्की जिल्लाको रुपा गाउँपालिका काप्लेडाँडामा चट्याङ लाग्दा आमा सहित २ छोरी घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीय ४२ वर्षीय पार्वती कुमाल र उनका दुई छोरी ११ वर्षीया समीना र १८ वर्षीया चन्द्र कुमाल रहेका छन्।
रुपा गाउँपालिकका अध्यक्ष नवराज ओझाका अनुसार घाइते मध्य समीना कुमालको पोखराको चरक अस्पतालको आइसियुमा उपचार भैरहेको छ भने बाँकी २ आमा छोरी उपचार पश्चात घर फर्किसकेका छन् ।
अध्यक्ष ओझाका अनुसार चट्याङ कै कारण अन्य ४ जना पनि समान्य घाइते भएका छन् ।