शिक्षा क्षेत्रको कालो पाटो, एकै व्यक्तिलाई १२ विषयमा नम्बर थप गरि ३ वटा डिग्री !

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एउटै व्यक्तिलाई १२ विषयमा जथाभावी नम्बर थप गरि ३ वटा डिग्री प्रदान गरिएको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई जथाभावी नम्बर थप गरि मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभाग अन्तर्गतका विषयमाहरुको प्रमाणपत्र जारी गरिएको पाइएको हो ।

जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यलाई पनि हाल अख्तियार छानबिनमा राखिएको छ ।

त्रिविको छानविनमा कर्माचार्यले कोइरालालाई अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका १२ विषयमा नम्बर थपिदिएको पाइएको छ ।

कोइरालाले पनिकाबाट लिएको ४ वटा डिग्री मध्ये ३ वटामा नम्बर थप गरिएको भेटिएको हो । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार उनको स्नातकोत्तर तहको राजनीतिशास्त्रको प्रमाणपत्रमा भने कुनै कैफियत नभेटिएको हो ।

कोइरालाले त्रिविबाटै स्तानक गरेका शिक्षा र कानुन सांयमा छानबिनमा कुनै त्रुटि नभेटिएको पनिकाले बताएको छ । यो समाचार कान्तिपुर दैनिकमा लेखिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया