पब्लिक आवाज /संवाददाता
काठमाडौंको गोंगबुमा माइक्रोले किचेर ३ वर्षीय बालिकाको मुत्यु भएको छ । गोंगबुस्थित एक ग्यारेजबाट माइक्रो निकाल्ने क्रममा माइक्रोले किचेर ३ वर्षीया जिया यादवको मृत्यु भएको हो ।
उनको घटना स्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाई ले बताउनु भयो । मृत्यु हुने जिया झापा घर भइ गोंगबुमा डेरा गरी बस्दै आएकी र उनि सोही ग्यारेजका कामदारकी छोरी हुन् ।
बा १ ज ८४५९ नम्बरको माइक्रोले टायरमा हावा हालेर निस्किने क्रममा बालिकालाई किचेको थियो । माइक्रो र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान जारी छ ।